कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–७ मा एक महिला र उनकी १० महिनाकी छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा आज बिहान नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन्। साउन २९ गतेदेखि उनीहरू बेपत्ता थिए ।
प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा सुरुमा छोरीलाई झुन्ड्याएर त्यसपछि आमाले आत्महत्या गरेको आशंका गरिएको छ। यद्यपि विस्तृत अनुसन्धानपछि मात्र यकिन तथ्य खुल्ने प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीले हालसम्म कसैबाट औपचारिक जाहेरी नपरेको र घटना सम्बन्धमा थप छानबिन जारी रहेको जानकारी दिए।
आरती डंगौराको दुई वर्षअघि विवाह भएको थियो।
























