काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन जनकपुर जाँदैछन् ।
प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे काठमाडौंबाट जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ ।
जनकपुरमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश प्रदेश प्रहरी कार्यालय तथा एक सडक परियोजनाको उद्घाटन गर्नेछन् ।
त्यसपछि, दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।
























