
काठमाडौं, साउन २९ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पुजन कुमार रोकायालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
उनीहरुलाई आज आयोजित एक समारोहका बीच शपथ गराएका हुन्। उनीहरूको कार्यकाल चार वर्षको हुनेछ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले उपकुलपतिहरूलाई पारदर्शिता र स्वच्छता कायम राख्दै काम गर्न शुभकामना दिएका थिए। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत अन्य अधिकारीहरू पनि सहभागी थिए।

























