काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाएका छन् ।
मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले व्यक्तिगत नाममा खोलिएका प्रतिष्ठानहरूलाई ठगी खाने भाँडो बनाएको बताएका हुन् ।
उनले मदन भण्डार फाउन्डेसन पनि पार्टीको नभई व्यक्तिगतरूपमा खोलिएको बताए । प्रधानमन्त्री ओलीले त्यस्ता संस्थाहरूमा पार्टीकै नेताहरूले नेतृत्व गर्नुपर्ने बताए । उनले पार्टी मातहतमा रहे क्षमतावान् व्यक्तिहरूले मौका पाउने पनि बताए । उनले प्रदीप ज्ञवालीलाई आफूले गुरू भन्ने गरेको बताउँदै मदन-आश्रित स्मृति प्रतिष्ठानमा सही नेतृत्व आएको बताए ।
उनले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा पर्दा धनगढी रहेको बताए त्यसपछि बसमा फर्किएको उनले बताए ।
























