काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन पूर्वाधार लगानी बैंक (AIIB) का अध्यक्ष जिन लिम्बुननसँग शिष्टाचार भेट गरेका छन् ।
भेटवार्ता तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा साइडलाइनमा सम्पन्न भएको हो।
भेटका क्रममा आपसी सहकार्य र लगानी प्रवाहका सम्भावनाबारे छलफल भएको जनाइएको छ।

























