काठमाडौं, साउन १८ । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । लागु औषध कारोबारीलाई डाक्नेश्वरी–७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो ।
लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बडिवीरपुरऔ-१ का विशाल राय र डागनेश्वरी-७ का मनाेज राय रहेका प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेकाे छ। उनीहरूकाे साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

























