काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ । साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
हिजो शनिबारको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
नेताहरूका अनुसार; पछिल्लो समय पार्टीमा चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनेछ ।

























