काठमाडौँ । अखिल नेपाल महिला सङ्घ काठमाडौं क्षेत्र नम्बर ९ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिबार चनपा १४ स्थित कोजि फुड्ल्याडमा भब्य कार्यक्रम गरी सम्पन्न भएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संघीय प्रतिनिधि सदस्य माननीय कृष्ण गोपाल श्रेष्ठले महिलालाई नै यो देशको प्रमुख पद रास्ट्रपति पदमा पुर्याउने पार्टी एमाले नै रहेको भन्दै महिलाहरुको देश बिकासमा उच्च योगदान रहेको बताए ।

सो कार्यक्रममा बागमती प्रदेश साम्सद केशव प्रसाद पोखरेल, काठमाडौ जिल्ला पार्टी अध्यक्ष दिपक निरौला, चन्द्रागिरी अध्यक्ष उत्तमबहादुर राउत, नागार्जुन अध्यक्ष नन्दनहरि गौतमलगायत महिला सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमबाट नयाँ नेतृत्वमा अध्यक्ष क. पवित्रा गौतम, उपाध्यक्ष क. विपनादेवी मल्ल, क. कुसुम गिरी, सचिव क. श्यता महर्जन, सहसचिव क. मिरा पुरी, कोषाध्यक्ष क. सरिता महर्जन, सदस्य क. रोसनी गिरी, क. रिता ढुंगाना, क. राधिका पौडेल, क. बिन्दा रोकाय, क. इन्दिरा मैनाली, क. दिपा शाही, क. उषा थापा, क. रन्जना बज्राचार्य, क. गंगा महर्जन, क. निसा गिरी, क. उषा लामा. क. कबिता पराजुली. क. कमला केसी, क. निता शाही बुढाथोकी रहेको नयाँ समिति गठन गरी कार्यक्रम सप्पन्न भएको थियो ।

























