काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही ३ को उपचुनावका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न नेकपा एमालेले जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएको छ ।
महासचिव शंकर पोखरेलले पठाएको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन निर्देशन दिइएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।
केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको हो ।
मातहतका कमिटीबाट आएका तीन जना मध्येबाट पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताएका छन् ।
सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रु निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको हो ।
























