काठमाडौँ । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवाल, सिंहदरबार परिसरमा उक्त बैठक बस्ने भएको हो।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुने छ। यो बैठक बिहान ८ः३० बजे बस्ने छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ। यो बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने छ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुने छ। यो बैठक बिहान ११ः३० बजे बोलाइएको छ।

























