काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए । उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।
स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।

























