काठमाडौँ, साउन ६ । रातिदेखिको अविरल वर्षका कारण बाढी र पहिरोले आज पनि देशका विभिन्न सडकहरु अवरुद्ध बनेका छन् । प्रहरीका अनुसार अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेका छन् ।
संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छन् ।
त्यसैगरि काठमाडौँको काठमाडौँ–नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले आतिआवश्यक कामका लागि यात्रा गर्दा वैकल्पिक मार्ग अपनाउनुका साथै सर्तक सुरक्षित हुन आग्रह गरेको छ ।
पूर्णरुपमा अवरुद्ध र एकतर्फी चलेका सडकहरु


























