काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय सभाको प्रमुख सचेतकका रूपमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ ।
सामान्य प्रशासनमन्त्री नियुक्त भएका भगवती न्यौपानेको रिक्त स्थानमा भट्टराईलाई सत्तापक्षको प्रमुख सचेतक बनाइएको हो।
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी १ साउनदेखि लागू हुनेगरी भट्टराईलाई यो जिम्मेवारी दिएका हुन्।

























