काभ्रेपलाञ्चोक । खहरे खोलाले लगाएर ल्याएको लेदोका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ चारसयबेशी क्षेत्रमा खहरे खोलाले सडकमा लेदो बगाएपछि राजमार्ग बन्द भएको थियो ।
प्रहरी, सडक विभाग र स्थानीय तहको समन्वयमा लेदो हटाउने कार्य सम्पन्न भएसँगै मंगलबार राति १ बजेदेखि अवरुद्ध रहेको राजमार्ग पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।
सडक बन्द भएपछि सवारीसाधनहरूलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिनु परेको थियो भने सिन्धुलीबाट काभ्रेतर्फ आउँदै गरेका गाडीहरूलाई खुर्कोटमा रोकिएको थियो ।
























