काठमाडौं । चीनबाट आएको बाढीका कारण नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङलाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताएका छन् ।
उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सहायक रथी बस्नेतले थपे, ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।’
पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किए पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

























