काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ । आइतबार पार्टीका सांसद गंगाराम चौधरी नेतृत्वको टोलीले सभामुख घिमिरेलाई भेटी आधिकारिक पत्र बुझाएको बताएको छ ।
सांसद चौधरीले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरिएको जानकारी सभामुखलाई पत्रमार्फत दिइएको छ ।’
उक्त पार्टीबाट सरकारमा पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा दिने तयारी भएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, ‘सभामुखलाई जानकारी गराइसकेका छौं । प्रधानमन्त्री हुम्लाबाट फर्किएपछि राज्यमन्त्रीको राजीनामा बुझाउने छौं ।’