काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालले कुनै पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।
शुक्रबारदेखि सुरू सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा चलाइएको निष्कर्ष पनि निकालिएको ज्वालाले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूमाथि भ्रष्टाचारको झूटो मुद्दा लगाइएको बताएका थिए ।
उक्त बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए ।
उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको बताए ।

























