काठमाडौँ । नेपाली सेनामा उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
शुक्रबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतीसहित केसीलाई पूर्वी पृतनाका पृतनापतिका रूपमा नियुक्त गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि उनी सैनिक प्रवक्ताबाट सरुवा भई सोही पृतनामा निमित्त पृतनापति रहेका थिए ।
गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

























