काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सत्तारूढ र प्रमुख दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण राजनीतिक छलफल जारी छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
बैठकमा हाल संसदमा देखिएको अवरोध, विभिन्न विधेयकहरू, समसामयिक राजनीतिक घटनाक्रम, तथा संक्रमणकालीन न्यायका मुद्दाहरूमा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
तीन शीर्ष नेताहरूका साथमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनलगायत नेताहरू पनि सहभागी छन्।
छलफललाई संसद सञ्चालन तथा राष्ट्रिय सहमति निर्माणको दिशामा पहलको रूपमा हेरिएको छ ।
























