काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी गराएको हो ।
काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो । सो निषेधाज्ञा अब कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

























