काठमाडौं । सशस्त्र प्रहरी बलका नवबढुवा अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले एआईजी पदको दर्ज्यानी चिन्ह (फुली) ग्रहण गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले उनलाई चिन्ह प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाडा मगरलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजी अर्यालले मगरलाई बधाई दिँदै नयाँ जिम्मेवारीप्रति उत्तरदायी रही पूर्ण पेशागत भावनाका साथ कार्य सम्पादन गर्न शुभकामना व्यक्त गरेका थिए।