काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।
एक मन्त्रीका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मनगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ १५ गते ठाडा मगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
एआईजी चन्द्रप्रकाश (सीपी) गौतम ३० वर्षे सेवा अवधि पूरा गरेपछि वैशाख २ गते मध्यराति अनिवार्य अवकाशमा गएका थिए, सो स्थानमा ठाडा मगर बढुवा भएका ह्न ।