काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्नु भएको हो ।
सरकारले स्वास्थ्य विज्ञान क्षेत्रमा अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनका लागि उक्त विधेयक अघि सारेको हो । विधेयकको मुख्य उद्देश्य स्वदेशमै स्वास्थ्यकर्मी उत्पादन गरी देशभर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु हो ।
विधेयकअनुसार, नेपाल सरकारले चिकित्सा शिक्षा सञ्चालन गर्न नयाँ चिकित्सा विश्वविद्यालय स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ । यसै क्रममा, सरकारले कैलालीको गेटामा अवस्थित गेटा मेडिकल कलेजको संरचना प्रयोग गरेर ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापना गर्ने तयारी गरिरहेको छ ।