काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । तीनकुनेमा भएको आन्दोलनका क्रममा पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरिएको थियो ।
अदालतमा उपस्थित भएसँगै मिश्रको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा उनको थुनछेकसम्बन्धी बयान जारी छ । बयानपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे निर्णय गर्नेछ ।
यसअघि, सोही घटनासम्बन्धी मुद्दामा राप्रपाका सांसद धवलशमशेर राणा पनि अदालतमा उपस्थित भएका थिए । उनले तीन लाख रुपैयाँ धरौटी तिरेर रिहा पाएका थिए ।
























