काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठकबाट बाहिरिएका छन् ।
सभामुख देवराज घिमिरेले बोल्न समय दिए पनि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनमा दादागिरी शैली अपनाउँदै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन माग बेवास्ता गरिएको भन्दै बोल्न अस्वीकार गरेका हुन् ।
उनका अनुसार राप्रपाले राखेको माग अझै यथावत् रहेको र माग पुरा नभएसम्म सदनमा सहभागिता जनाउन नसकिने स्पष्ट पारे ।
त्यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भने वेल घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका छन् ।
राप्रपा र रास्वपाको विरोधका बीच पनि प्रतिनिधिसभाको बैठक भने रोकिएको छैन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल अगाडि बढाउन प्रस्ताव प्रस्तुत गरेका छन् ।

























