काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्बाट नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दामा आगामी असार १८ गते निर्णय सुनाउने भएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार, आज (बुधबार) सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सारिएको हो । केही बेरअघि संवैधानिक इजलासमा उपस्थित कानून व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा ती पदाधिकारीहरूको नियुक्तिका सम्बन्धमा परेको रिट निवेदनमाथि सुनुवाइ भएको थियो ।