काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने प्रलोभन देखाएर ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरू दुवैलाई नियन्त्रणमा लिएको हो।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, उनीहरूलाई जेठ २५ गते नरेफाँटबाट पक्राउ गरिएको हो।