झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभउको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु सरकारको दायित्व भएको बताउनु भयो । विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय नभइ मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको बताउनु भयो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनु भयो । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुशीको विषय हो । विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया हो । राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक श्रोत, साधन र सम्पदाहरु प्रचुर रुपमा उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधिन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउनु भयो ।

























