काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले आफ्नै बुवा र छिमकीको हत्या गरेका छन् ।
सुनवल नगरपालिका–२ को औरहीया निवासी ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बावु जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान उनले कोदालो प्रहार गरी बुवा र छिमेकीको हत्या गरेका जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।
खेमराजले दुवैको टाउको र घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको पन्तले बताए ।
खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
चौधरीको छिमेकी समेत रहेकी सुनवल २ की वडा सदस्य लक्ष्मीकुमारी हरिजनले हेमराजले बुवासँग पटक पटक बिहे नगराएको भन्दै विवाद गर्दै आएकाे बताइन् ।
हेमराजले केही समयअघि मानसिक समस्या भएकोले उपचार गराएपछि ठीक भएको थियो ।