काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। निर्धारित समयभन्दा निकै ढिला सुरू भएको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले अवरुद्ध पारेका हुन्।
सभामुख देवराज घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल हुन नसकेको भन्दै ध्यानाकर्षण गराए। उनले सदन अवरुद्ध हुँदा अगाडि बढाउनुपर्ने विभिन्न विधेयक पनि अगाडि बढ्न नसकेको बताए।
‘कतिपय विधेयक आन्दोलनसँग पनि सम्बन्धित छ। शिक्षा विधेयकलाई निर्धारित समयमा पास गर्नुपर्नेछ। त्यसैले नियमित बैठक सञ्चालनमा सहयोग गर्नुस्,’ सभामुख घिमिरेले आग्रह गरे। सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिइने जानकारी गराएका थिए ।