काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
सर्वसाधारणका लागि विभिन्न २ रुटमा निःशुल्क बससेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
पहिलो रुट अन्तर्गत नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–जयनेपालसम्म छ ।
यस्तै दोस्रो रुट नक्साल–रातोपुल–गौशाला–एअरपोर्ट–कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक–चाबहिल–सुकेधारा–चक्रपथ–टिचङ–वालुटावार रहेको प्रहरीले जनाएको छ ।