काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ । अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको छ । सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक सहभागी छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बन्दा यात्रुहरु मर्कामा परेका छन् ।
समितिमा यातायात क्षेत्रका चार वटा महासंघ र चार वटै मजदुर संगठनहरुले आजदेखि देशभरका सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।