काठमाडौं । आथिक वर्ष २०८२/८३ को वजेट बिहीबार सार्वजनिक भएको छ । वजेटले देशको अर्थतन्त्र चलायमान बनाउन स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ भने विदेशी लगानीकर्तालई प्रोत्साहन गर्ने नीति लिएको छ ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नारा सार्थक बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको वजेटले धेरै मद्दत पुग्ने विश्लेषण अर्थविद्हरुले गरेका छन् ।
विगतका वर्षहरुका बजेट कार्यकर्ता पोस्न कनिका छरियो भन्ने प्रतिक्रिया आउथे । तर यस पटकको वजेटमा त्यस्तो प्रतिक्रिया पाइएको छैन । उद्योगी, व्यवसायी र प्रतिपक्षी दलले समेत वजेटलाई राम्रो नै भन्ने प्रतिक्रिया दिएका छन् । कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
बजेटको सर्वत्र स्वागत हुँदाहुँदै पनि अर्थमन्त्रालय अन्तर्गत केही कर्मचारीको वद्मासीले केही त्रुटीहरु भने भएका छन । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल र विभागकै निर्देशक राजकुमार खतिवडाले अन्तशुल्क बढाउने र घटाउनेमा चलखेल गरेर व्यक्तिगत स्वार्थ पूर्ति गरेको र त्यसबाट करोडौं बुझेको मार्गदर्शनन्यूजलाई स्रोतले बताएको छ ।
केही स्वदेशी उद्योगधन्दाको घाँटी निमोठेर अर्का स्वदेशी तथा विदेशी मदिरा उद्योगबाट नजराना बुझेको भन्दै खत्री, दाहाल र खतिवडामाथि तत्काल छानविन गरेर कारवाही गर्नुपर्ने माग उठेको छ ।
स्वदेशी उद्योगलाई प्राथमिकता दिनएर अर्थतन्त्र चलायमान बनाउने र देशलाई आत्मनिर्भर बनाउने नीतिमा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको नीति भएपनि अन्तरशुल्कमा अन्तर गराएर केही स्वदेशी उद्योगलाई बन्द गराउने स्थितिमा पुर्याएर राज्यको राजस्व, केही युवाहरुको स्वरोजगार र सयौं युवाहरुको रोजगारी समेत गुमाउने स्थितिमा पुर्याएको भन्दै खत्री, दाहाल र खतिवडामाथि छानविन गरेर कारवाही गर्नुपर्ने र त्रुटिहरु सच्याउनु पर्ने माग उठेको छ ।

























