काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री पौडेलले भने, ‘वर्तमान सरकार गठन हुँदा समष्टिगत पुरिसूचकले अर्थतन्त्र दबाबमा रहेको स्पष्ट थियो । तर, निरन्तरको प्रयासबाट अहिले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख बनेको छ ।’
गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा यस वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण उनले प्रस्तुत गरे । गत वर्ष उद्योग, निर्माण लगायतका क्षेत्रमा ऋणात्मक वृद्धिदर रहेकोमा यस वर्ष सबै क्षेत्रमा धनात्मक वृद्धिदर रहेको उनले बताएका छन् ।

























