काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। आज संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने कुरा असत्य र बेठीक भएको बताए।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छ भन्ने असत्य र बेठीक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ। यो क्रम जारी छ।’

























