काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेर जनाएको छ ।
आज पनि बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्र्दै संसद अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।
लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन नसकेपछि वैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ । वजेट जेठ १५ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकमा सार्वजनिक गर्नुपर्ने सम्वैधानिक वाध्यता छ । प्रतिपक्षी दलहरुले वजेट सार्वजनिक गर्दा अवरोध नगर्ने जनाएका छन् ।
























