काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
बैठकको प्रारम्भदेखि नै विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनु पर्ने माग राखेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

























