काठमाडाैं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ।
आइतबार प्रदर्शनी मार्गस्थित विश्व भाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।
भ्रष्ट, घुसखोरी, दैनिक ५० लाख उठाउने नालायक गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गरिएको क्रान्तिकारीले बताएको छ।
भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको छ ।

























