काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
समीक्षामा हालको आन्तरिक आर्थिक तथा वित्तीय अवस्थालाई ध्यानमा राख्दै नीति सन्तुलित र सतर्क ढंगले अघि बढाउने प्रयास गरिएको छ।
वर्तमान नीतिगत दर ५.०५%, निक्षेप सङ्कलन दर ३.०५% र बैंक दर ६.५५% कायम राखिएको छ ।

























