काठमाडौँ । शेयर बजारमा सातको अन्तिम कारोबार दिन दोहोरो अंकको वृद्धि देखिएको छ। बुधबार सामान्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार १९ अंकको वृद्धि देखिएको हो।
नेप्सेका अनुसार यस दिन परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ। तर कारोबार रकम भने सामान्य घटेको छ।
विभिन्न ३१० कम्पनीका दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर नौ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बुधबार १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बैंकिङ ३.८२, लघुवित्त २.५८ र म्युचुअल फन्ड समूहको उपसूचक ०.०६ प्रतिशतले बढ्दा निर्जीवन बीमाको उपसूचक स्थिर देखिएको छ। त्यस्तै, विकास बैंक ०.२३, वित्त ०.४६, होटल तथा पर्यटन २.६०, जलविद्युत् १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ।
ओम मेघाश्री फार्मास्युटिकलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने वाराही हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको ६९ करोड एक लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

























