धनुषाधाम । श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।
अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए । रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन ।

























