काठमाडौँ । चितवनको गाईघाटमा आज विहान दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक बिहान ७ बजेतिरआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । उनीहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ ।
ठोकिएका दुवै ट्रक क्षतिग्रस्त भएका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक आहिले एकतर्फी रूपमा खुलाइएको चितवन प्रहरीले जनाएको छ ।