काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले मूल्य घटाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२ रुपैयाँ पर्नेछ। नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।