काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनले समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
उनलाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएको छ । समितिको संयोजकमा पौडेल, सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पौडेल थिए । अब पौडेलको ठाउँमा नयाँ सदस्य नियुक्त हुने छन् ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमती भए पनि राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगाना बाधक बनेकी छन्। गभर्नर बन्नका लागि भट्टले राजीनामा दिए पनि ढुंगानाले राजीनामा स्वीकृत नगरी रोकेर राखेपछि भट्टलाई सिफारिस गर्न नमिलेको हो ।