काठमाडौँ । आज वि.सं २०८२ वैशाख २७ गते, शनिबार, ई.स. २०२५ मे १०, तिथि- वैशाख शुक्लपक्ष त्रयोदशी, १७ः३४ बजेपछि चतुर्दशी, चित्रा- नक्षत्र, सिद्धि- योग, तैतिल- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः२०, सूर्यास्त- १८ः४२ ।
मेष : शत्रु र रोगमाथि विजय पाउने सम्भावना छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विवाद वा कानुनी मामिलामा अनुकूल परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा आत्मविश्वाससाथ अघि बढ्न सकिनेछ । नियमित स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हुन्छ ।
वृष : सन्तान र प्रेमसम्बन्धी विषयमा चञ्चलता देखिन सक्छ । अध्ययन, अध्यापन र सिर्जनशील कार्यहरूमा प्रयास गर्नुपर्नेछ । आकस्मिक निर्णयले समस्या निम्त्याउन सक्छ, अतः मनको स्थिरता आवश्यक हुनेछ ।
मिथुन : गृहस्थ जीवनमा असमझदारी, पारिवारिक मतभेद वा मातातर्फ चिन्ता बढ्न सक्छ । घर वा सम्पत्तिसम्बन्धी योजनामा विलम्ब हुन सक्छ । मनोभावमा चञ्चलता रहनेछ, अतः भावनाभन्दा विवेकमा निर्णय गर्नु हितकर होला ।
कर्कट : आत्मबल, भाइबहिनी तथा साथीभाइसँगको सम्बन्धमा प्रगाढता आउनेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार, कला वा प्रस्तुतिसम्बन्धी काममा सफलता मिल्नेछ । नजिकका सम्बन्धमा विश्वास र सहयोग प्राप्त हुनेछ ।
सिंह : वाणी र खर्चमा संयमता आवश्यक छ । पारिवारिक वातावरणमा केही असजिलोपन महसुस हुन सक्छ । आर्थिक पक्षमा मन्दी वा अनावश्यक खर्च बढ्न सक्छ । स्वादप्रतिको आकर्षणले स्वास्थ्यमा असर पुर्याउन सक्छ ।
कन्या : आजको दिन आत्मविश्वास र आकर्षणको वृद्धि हुनेछ । नयाँ योजना आरम्भ गर्ने राम्रो समय हो । मानसिक स्पष्टता मिल्नेछ । व्यक्तित्व प्रभावशाली बन्नेछ, तर आत्मकेन्द्रित हुने प्रवृत्ति टार्नुहोला ।
तुला : अनावश्यक खर्च र यात्राले मनमा थकान ल्याउन सक्छ । मानसिक अशान्ति, स्वास्थ्यका सानातिना समस्या वा गोप्य चिन्ता बढ्न सक्छ । एकान्तमा समय बिताउने चाहना बलियो हुने दिन हो । ध्यान वा साधनाले लाभ हुनेछ ।
वृश्चिक : इच्छाहरू पुरा हुने सम्भावना बलियो छ । नयाँ आम्दानीको स्रोत खुल्नेछ । मित्र, सञ्जाल वा सामाजिक सम्बन्धबाट सहयोग प्राप्त हुनेछ । सामूहिक कार्यमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ ।
धनु : आज कर्मक्षेत्रमा उत्साह, जागरूकता र आत्मबल देखिनेछ । उच्चपदस्थ वा प्रभावशाली व्यक्तिबाट सहयोग मिल्नेछ । व्यवसाय वा जागिरमा विशेष उपलब्धि सम्भव छ । सानो प्रयासले पनि ठूलो प्रभाव पार्न सकिने समय हो ।
मकर : भाग्यको आंशिक साथ रहनेछ । धर्म, गुरु वा शिक्षासम्बन्धी विषयमा ध्यान केन्द्रित हुनेछ । यात्रा वा वैदेशिक योजनामा अनुकूलता आउन सक्छ । शुभ कार्यमा संलग्न हुँदा आन्तरिक सन्तोष प्राप्त हुनेछ ।
कुम्भ : स्वास्थ्यमा कमजोरी, रहस्यमय चिन्ता वा पारिवारिक तनाव आउन सक्छ । अकारण मनोव्यथा वा अप्रत्याशित समस्या देखिन सक्छ । नसोचेको परिवर्तनले मानसिक असर पार्न सक्छ । ध्यान र संयमता नै उपाय हो ।
मीन : साझेदारी, दाम्पत्य वा प्रेम सम्बन्धमा प्रगाढता आउने दिन हो । व्यापारिक सहकार्य सफल बन्नेछ । वैवाहिक सम्बन्धमा सामञ्जस्यता रहनेछ । सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना बलियो छ ।