काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आज बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने छ ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतको विषयमा कुराकानी हुने बताइएको छ ।
गर्भनर नियुक्तीमा भएको ढिलाइ, सरकारका काममा पार्टी भित्रैबाट भएको विरोधमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।