काठमाडौँ । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का हिमपातसमेत हुनेछ।
त्यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ ।