काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।