काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आज बिहान अध्यक्ष दाहालको निवास खुमलटार पुगेका अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल गरेका छन् ।
नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने सम्वैधानिक व्यवस्था छ । बजेट निर्माणको गृहकार्यमा जुटेका अर्थमन्त्री पौडेलले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।