काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच छलफल भएको हो।
छलफलमा एमाले उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्। उनीहरूबीच संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।